Tuesday 17th of October 2017 09:40:24 AM
nepali-logo

आयोगको परिचय

नेपाल सरकारले मिति २०७३।०६।०२ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी “ तराइ, मधेश र थरुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनको क्रममा भएका हिँसा, हत्या, आगजनि, तोडफोड लगायतका घटनाहरुको सत्य तथ्य छानविन सम्वन्धी उच्चस्तरीय जाँचवुझ आयोग २०७३ ” गठन गरेको छ । मिति २०७३।०७।०१ गते यस आयोगका माननीय अध्यक्ष श्री गिरीश चन्द्र लालज्यू लाई सर्वोच्च अदालतका माननीय न्यायाधीश दिपकराज जोशी ज्यूले सर्वोच्च अदालतमा शपथ ग्रहण गराउनु भऐको थियो। सोही समारोहमा यस आयोगका माननीय अध्यक्ष श्री गिरीश चन्द्र लाल ज्युले अन्य सदस्यहरु श्री सूर्य प्रसाद कोईराला, श्री नवराज ढकाल, श्री सुखचन्द्र झा, श्री खुसीप्रसाद थारु, एवँ सदस्य सचिव श्री बालकुष्ण पन्थी ज्युलाई शपथ ग्रहण गराउनु भएको थियो ।

साथै माननीय अध्यक्ष श्री गिरीश चन्द्र लाल ज्युले मिति २०७३।०७।१२ गते यस आयोगको कार्यालयमा यस आयोगका सदस्य श्री सुजन लोप्चन ज्युलाई शपथ ग्रहण गराउनु भएको थियो ।

श्री अर्जुन कुमार शर्मा ( गुरागाई )
उप-सचिव