; समाचार
Tuesday 17th of October 2017 09:39:22 AM
nepali-logo

आज मिति २०७३।९।४ गते तदनुरुप (१९/१२/२०१६) मा उच्चस्तरिय जाँचबुझ आयोग २०७३ का पदाधिकारी र वेलायती राजदूतावास काठमाडौका मिसन उपप्रमुख क्याथरिन स्टिमनबिच आयोगको कार्यालय बिजुलीबजारमा आयोगको गतिविधि बारे सौहार्दपूर्ण रुपमा छलफल भयो । सो अवसरमा आयोगका अध्यक्ष श्री गिरीश चन्द्र लालले आयोगले गरिरहेका काम कारवाहीका विषयमा जानकारी गराउनु भयो । आयोगले यहि मिति २०७३।९।१५ गतेसम्म उजूरी संकलन गर्ने र तत्पश्चात स्थलगत भ्रमण गरी पीडित एवं स्थानिय व्यक्तिहरुलाई भेटी सत्य तथ्य संकलन गर्ने कार्यतालिका रहेको जानकारी गराउनु भयो । यसै गरी उहाँले आवश्यकता अनुसार विभिन्न संघ संस्था, गृह मन्त्रालय र नेपाल सरकारका विभिन्न निकायहरुसँग रहेका जानकारी/ उजूरी/ निवेदन/ प्रतिवेदनहरु समेत माग गरी अध्ययन समेत गर्न सकिने कुराको जानकारी गराउनु भयो। सोही अवसरमा बेलायती राजदूताबासका मिसन उपप्रमुखले आयोगका काम कारवाहीका बारेमा जानकारी लिनुको साथै दूतावासबाट आयोगलाई के कस्तो सहयोग गर्न सकिन्छ भनी जिज्ञासा राख्नु भएको थियो । यस छलफलमा आयोगका अध्यक्ष श्री गिरीश चन्द्र लाल, सदस्यहरु सूर्यप्रसाद कोइराला, सुखचन्द्र झा, सुजन लोप्चन, खुशीप्रसाद थारु र वेलायती राजदूतावासका मिसन उपप्रमुख क्याथरिन स्टिमनको सहभागिता रहेको थियो । साथै छलफल कार्यक्रममा सोही राजदूतावासमा कार्यरत मानव अधिकार अधिकृत स्वर्णिमा भण्डारी, यस आयोगमा कार्यरत उपसचिवहरु होमनाथ थपिलया र भीमबहादुर निरौला पनि उपस्थित हुनुहुन्थ्यो।

श्री अर्जुन कुमार शर्मा ( गुरागाई )
उप-सचिव