Tuesday 17th of October 2017 09:42:07 AM
nepali-logo

अत्यन्त जरुरी सूचना

“तराइ, मधेश र थरुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनको क्रममा भएका हिंसा, हत्या,आगजनी, तोडफोड लगायतका घटनाहरुको सत्य तथ्य छानविन सम्बन्धी उच्चस्तरीय छानवीन आयोग, २०७३” को

 

अत्यन्त जरुरी सूचना

 

२०७२ साल श्रावणदेखि “तराइ, मधेश र थरुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनको क्रममा भएका हिंसा, हत्या,आगजनी, तोडफोड लगायतका घटनाहरुको सत्य तथ्य छानविन गरी प्रतिवेदन पेश गर्न गठित आयोगले काठमाडौं महानगरपालिका, वडा नं १० विजुलीबजार, (धोबीखोला पुलसँगै पूर्व उत्तर तिर पहिलाको रोनाष्ट बसेको भवनमा) कार्यालय स्थापना गरी कार्य प्रारम्भ गरेको छ । २०७२ साल श्रावणदेखि तराइ, मधेश र थरुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनको क्रममा भएका हिंसा, हत्या,आगजनी, तोडफोड लगायतका घटनाहरुको बारेमा जानकारी भएका सम्बन्धित सबैलाई मिति २०७३।०८।१६ गते विहिवार देखी त्यसको ३० दिन भित्र आफूसँग भएका सबूत प्रमाण सहित आयोगको कार्यालय, बिजुलीबजार, काठमाडौं वा सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालय वा जिल्ला विकास समितिमा जानकारी÷सूचना वा उजूरी दर्ता गराउनुहुन यो सूचना प्रकाशित गरिएको छ । मानव अधिकारसंग सम्बन्धित संघ, सस्था वा सम्बन्धित राजनीतिक दलहरुले कुनै जानकारी÷सूचना वा उजुरी दर्ता गराउन चाहेमा यस आयोगको कार्यालयमा मात्र जानकारी÷सूचना वा उजूरी दर्ता गराउनु पर्नेछ । यस्तो जानकारी÷सूचना वा उजूरी यस आयोगको वेभसाइट धधध।जभिअ।नयख।लउ मा गई त्यसमा दिएको फम्र्याट डाउनलोड गरी त्यस फर्ममा विवरणहरु भरी दर्ता गराउन सकिनेछ ।

सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालय वा जिल्ला विकास समितिले पनि यसै सूचनालाई आधार मानी त्यसरी सूचना÷जानकारी वा उजूरी दिन ल्याएमा लिई छुट्टै दर्ता किताब खडा गरी आफूकहाँ दर्ता भएको जानकारी÷सूचना वा उजूरी एवं सोसँग पेश गरिएको सबुत प्रमाण समेत यस आयोगको कार्यालयमा सुरक्षित साथ पठाउनुहुन अनुरोध गरिन्छ ।

 

सम्पर्क ठेगाना :

  • काठमाडौ महानगरपालिका–१०, विजुलीबजार ।
  • Phone no. : 01-4780807 (आयोगको सचिवालय)
Share
श्री अर्जुन कुमार शर्मा ( गुरागाई )
उप-सचिव