Tuesday 17th of October 2017 09:35:40 AM
nepali-logo

२०७४।०५।१२
उच्चस्तरीय आयोगको सुचना

२०७२ साल श्रावणदेखि “तराइ, मधेश र थरुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनको क्रममा भएका हिंसा, हत्या,आगजनी, तोडफोड लगायतका घटनाहरुको सत्य तथ्य छानविन गरी प्रतिवेदन पेश गर्न गठित आयोगले काठमाडौं महानगरपालिका, वडा नं १० विजुलीबजार, धोबीखोला पुलसंगै पूर्व उत्तर तिर रहेको चारतल्ले घरको तेस्रो तल्ला अर्थात लागू औषध नियन्त्रण महाशाखा रहेको तल्लामा कार्यालय स्थापना गरी कार्य प्रारम्भ गरेको छ । २०७२ साल श्रावणदेखि तराइ, मधेश र थरुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनको क्रममा भएका हिंसा, हत्या,आगजनी, तोडफोड लगायतका घटनाहरुको बारेमा जानकारी भएका पीडित पक्षहरु, सरोकारवालाहरु, मानव अधिकारसंग सम्बन्धित संघ संस्थाहरु सबैलाई मिति २०७३।०८।१६ गते देखी आफूसँग भएका सबूत प्रमाण सहित आयोगको कार्यालय, बिजुलीबजार, काठमाडौं मा सुचना , जानकारी दिन सम्बद्ध सबैलाई अनुरोध गरी राष्ट्रिय स्तरका दैनिक पत्रिकाहरुमा एवं आयोगले संचारका अन्य माध्यम Website, Facebook, email  इत्यादिबाट समेत समाचार सम्प्रेषण गरेको थियो।

यसै जाँचबुझको क्रममा आयोगको अध्यक्ष एंव सदस्यज्यू सहितको टोलीले घटनाहरु भएको जानकारी आएका १८ जिल्लामा स्थलगत अनुगमन गरी घटनाबाट मृत्य भएका परिवारहरु, घाईतेहरू एंव घटना वाट पिडीत व्यक्तिहरु एवं विभिन्न जिल्लाका प्रबुद्ध वर्गहरुसंग भेटघाट एंव अन्तरक्रिया गरी घटनाको वारेमा जानकारी लिएको थियो।

अझै-पनि विभिन्न स्थानवाट विभिन्न व्यक्तिहरुले घटनाको सम्बन्धमा थप प्रमाण र जानकारी दिन चाहिरहेको भन्ने बुझिएको हुँदा यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आफुले दिन चाहेको जानकारी लिखित, वा अन्य उपयुक्त माध्यमबाट यस आयोगमा पठाउन वा सम्बन्धित इच्छुक व्यक्तिहरु आयोगमा उपस्थित भै जानकारी गराउन सक्ने प्रयोजनका लागी यो सूचना सम्प्रेषण गरिएको छ। यसरी सूचना वा जानकारी दिने व्यक्तिहरुले आफुसंग भएको कुनै प्रमाण भए सो को प्रतिलिपि समेत साथै राखी पेश गर्नु हुन समेत आयोग सम्बन्धित सबैसंग अनुरोध गर्दछ।

Share
श्री अर्जुन कुमार शर्मा ( गुरागाई )
उप-सचिव