Tuesday 17th of October 2017 09:40:55 AM
nepali-logo

२०७३।११।१०
कार्यक्रम स्थगित भएकोसूचना !!!

      यस आयोगका माननीय अध्यक्ष, सदस्य एवं कर्मचारीहरु मिति २०७३।११।०९ गते झापा, मिति २०७३।११।१० गते सुनसरी र २०७३।११।११ देखि १३ सम्म मोरङ्गका विभिन्न ठाउँमा भएको घटनाहरुको स्थलगत निरीक्षण गर्ने क्रममामिति २०७३।११।०९ गते भद्रपुरप्रस्थान गर्ने कार्यक्रम भएकोमा मौसमको खराबीका कारणले उडान हुन नसकेकोले झापा जिल्लाको कार्यक्रम स्थगन गर्नु परेको सो पश्चात सुनसरी एवं मोरङ्गको कार्यक्रममा मिति २०७३।११।१०मा जाने कार्यक्रम बनाएकोमा नेपाल सरकारद्धारा मिति २०७३।११।०९ गते स्थानीय तहको निर्वाचनको मिति तय गरिए पश्चात केही राजनीतिक दलहरुले मिति २०७३।११।११ गते तराईका जिल्लाहरुमा बन्दको घोषणा कार्यक्रम तय गरेको समेत समाचारसम्प्रेषित भएका छन् । आयोगले स्थलगत निरीक्षणको क्रममा जाँदा स्थानीय व्यक्तिहरुसँग भेटघाट र अन्तरक्रिया गर्नुपर्ने हुन्छ । यसरी घोषित कार्यक्रम अनुसार बन्द भएमा स्थानीय व्यक्तिहरु भेटघाट, अन्तर्क्रियामा सहभागी हुन नसक्ने सम्भावना भएकोले हाललाई झापा, मोरङ्ग, र सुनसरीको स्थलगत भ्रमणको कार्यक्रम स्थगित गर्नु परेको छ । उक्त स्थानको कार्यक्रम शीघ्र नै पुन : निर्धारण गरी जानकारी गराइने छ । 

Share
श्री अर्जुन कुमार शर्मा ( गुरागाई )
उप-सचिव