Tuesday 17th of October 2017 09:41:25 AM
nepali-logo

२०७३।११।१२
झापा, सुनसरी र मोरङ्ग जिल्लाको स्थलगत भ्रमण वारे

सूचना 

यस उच्चस्तरीय जाँचबुझ आयोगले २०७२ श्रावणदेखि “तराइ, मधेश र थरुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनको क्रममा भएका हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाहरुको सत्य तथ्य छानविन गर्न समेतका लागि मिति २०७३।८।१६ गते देखि पीडित पक्षहरु, सरोकारवालाहरु, मानवअधिकारसंग सम्बन्धित संघ संस्थाबाट उजूरी आव्हान गरे बमोजिम यस आयोगमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र कैलाली लगायतका १७ जिल्लाहरुबाट उजूरी, जानकारी/ सूचना एवं निवेदन प्राप्त भएको छ । सो सम्बन्धमा थप कुराहरु बुझ्नु पर्ने भएकाले यस आयोगका अध्यक्ष र सदस्यहरु संलग्न रहेको टोली यही मिति २०७३।११।१५ गते झापा जिल्लाको विर्तामोड, मेचिपुल, काकडभिटा, भद्रपुर, मिति २०७३।११।१७ गते सुनसरी जिल्लाको इनरुवा, लौकही, दुहवी लगायतका क्षेत्रमा र मिति २०७३।११।१८,१९ र २० गते मोरङ्ग जिल्लाका रोडशेष चौक, रानी भन्सार, रंगेली, डायनीया लागयतका क्षेत्रहरुमा स्थलगत भ्रमण गर्ने कार्यक्रम रहेको छ । तसर्थ त्यस जिल्लाका सबै उजूरीकर्ता, सरोकारवाला, अन्य सामाजिक संघ संस्था र मानवअधिकारसंग सम्बन्धित संघ संस्थाहरुले उल्लिखित घटनाको सम्बन्धमा आफूसंग भएका फोटो, श्रव्य-दृश्य भए सो समेतका प्रमाणहरु साथै राखी लिखित वा मौखिक जानकारी गराउन यस आयोगले सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछ । सो सम्बन्धमा लिखित रुपमा जानकारी प्राप्त भएमा यस आयोगको कार्यमा बढी अनुकूल हुने कुरा पनि अवगत गराउन चाहन्छौ ।

झापा,  सुनसरी र मोरङ्ग जिल्लाको भ्रमण पश्चात यस आयोगको टोली  बाँके र दाङ्ग  जिल्लामा जाने कार्यक्रम रहेको व्यहोरा समेत जानकारी गराइन्छ र त्यसको विस्तृत कार्यक्रम तय गरी यस पछि सूचित गरिने छ । यस सम्बन्धमा थप जानकारी चाहिएमा निम्न ठेगानामा वा उल्लेखित व्यक्तिहरुसंग सम्पर्क राख्‍न हुन समेत अनुरोध गरिन्छ । 

सम्पर्क ठेगाना :

  • Phone no. : 01-4780807 (आयोगको सचिवालय)

सम्पर्क व्यक्तिहरु

तेजिन्द्र गौतम :-    ९८५२०२९७७४

दिपेन्द्र तिवारी :-    ९८५५०३३८०६

पंकज कर्ण :-      ९८५१०३९९३०

Share
श्री अर्जुन कुमार शर्मा ( गुरागाई )
उप-सचिव