Tuesday 17th of October 2017 09:35:27 AM
nepali-logo

२०७३।१२।२१
सर्लाही तथा रौतहट स्थलगत भ्रमण बारे

तराईमधेश र थरुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनको क्रममा भएका हिंसाहत्या,आगजनीतोडफोड लगायतका घटनाहरुको सत्य तथ्य छानविन सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग२०७३ को 

सूचना 

  1. यस उच्चस्तरीय जाँचबुझ आयोगले २०७२ श्रावणदेखि “तराइ, मधेश र थरुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनको क्रममा भएका हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाहरुको सत्य तथ्य छानविन गर्न समेतका लागि मिति २०७३।८।१६ गते देखि पीडित पक्षहरु, सरोकारवालाहरु, मानवअधिकारसंग सम्बन्धित संघ संस्थाबाट उजूरी आव्हान गरे बमोजिम यस आयोगमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलाली लगायतका १८ जिल्लाहरुबाट उजूरी/ जानकारी/ सूचना एवं निवेदन प्राप्त भएको छ । सो सम्बन्धमा थप कुराहरु बुझ्नु पर्ने भएकाले यस आयोगका अध्यक्ष र सदस्यहरु संलग्न रहेको टोली यही मिति २०७३।१२।२४ गते देखि २०७३।१२।२६ सम्म सर्लाही जिल्लाको विभिन्न स्थानहरु र मिति २०७३।१२।२७ गते देखि २०७३।१२।२९ गते सम्म रौतहट जिल्लाको बिभिन्न स्थानहरुको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको छ । तसर्थ त्यस जिल्लाका सबै उजूरीकर्ता, सरोकारवाला, मानवअधिकारसंग सम्बन्धित संघ संस्थाहरु र अन्य सामाजिक संध संस्थाहरु समेतले उल्लिखित घटनाको सम्बन्धमा आफूसंग भएका फोटो, श्रव्य-दृश्य भए सो समेतका प्रमाणहरु साथै राखी लिखित वा मौखिक जानकारी गराउन यस आयोगले सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछ । सो सम्बन्धमा लिखित रुपमा जानकारी प्राप्त भएमा यस आयोगको कार्यमा बढी अनुकूल हुने कुरा पनि अवगत गराउन चाहन्छौ ।

यस सम्बन्धमा थप जानकारी चाहिएमा निम्न ठेगानामा वा देहायमा उल्लेखित व्यक्तिहरुसंग सम्पर्क राख्‍न हुन समेत अनुरोध गरिन्छ । 

सम्पर्क ठेगाना :

  • Phone no. : 01-4780807 (आयोगको सचिवालय)

सम्पर्क व्यक्तिहरु

भिम बहादुर निरौला :-    ९८४१७८१८६३

पंकज कर्ण :-      ९८५१०३९९३०

नुमानन्द दमासे :-                 ९८४१३७१४१५

Share
श्री अर्जुन कुमार शर्मा ( गुरागाई )
उप-सचिव