Tuesday 17th of October 2017 09:42:20 AM
nepali-logo

Online बाट पनि सूचना/जानकारी/उजूरी लिने कार्य भैरहेको छ।

नेपाल सरकारले “तराइ, मधेश र थरुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनको क्रममा भएका हिंसा, हत्या,आगजनी, तोडफोड लगायतका घटनाहरुको सत्य तथ्य छानविन सम्बन्धी उच्चस्तरीय छानवीन आयोग, २०७३” गठन गरेको र आयोगले आफ्नो सचिवालय, का.म.न.पा. १०, विजुली बजार, काठमाडौंमा स्थापना गरी कार्यालय सुचारु गरेको छ ।

            पीडित पक्षहरु, सरोकारवालाहरु एवं मानव अधिकारसंग सम्बन्धित संघ, संस्था एव दलहरुसमेतबाट सूचना, जानकारी एवं उजूरी संकलन गर्न यही मंसिर १६ गते विहिबारदेखि ३० दिन भित्र यस आयोगको सचिवालयमा उपस्थित भई वा आफ्नो प्रतिनिधि पठाई सूचना/जानकारी एवं उजूरी दर्ता गराउन सकिने गरी सूचना प्रकाशित भैसकेको मा यस्ता उजूरीहरु पीडितहरुले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरु र जिल्ला विकास समितिको कार्यालयहरुमा समेत दर्ता गर्न गराउन सक्ने व्यवस्था गरिएको छ ।

मानव अधिकारसंग सम्बन्धित संघ, सस्था वा सम्बन्धित राजनीतिक दलहरुले कुनै जानकारी/सूचना वा उजूरी दर्ता गराउन चाहेमा यस आयोगको कार्यालयमा मात्र उजूरी/निवेदन/जानकारी दर्ता गराउनु पर्नेछ।

आयोगले त्यस्ता घटनाका विवरणहरु आयोगको वेभसाइट http://hlec.gov.np/ मा अनलाइनबाट समेत दर्ता गर्न सकिने व्यवस्था मिलाइएको छ । यसरी दर्ता तथा संकलन भएका सूचनाहरु सत्य तथ्य जाँचबुझ गरी क्षतिको विवरण सहितको प्रतिवेदन आयोगले सरकारलाई बुझाउने छ । आयोगले सम्पूर्ण पीडित पक्षहरु, सरोकारवालाहरु, राजनीतिक दलहरु, मानव अधिकारकर्मी, नागरिक समाज तथा संघ, संस्था सबैलाई घटना तथा क्षतिको विवरण यस आयोगको सचिवालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिहरुमा दर्ता गराउन समेत सबैलाई अनुरोध गरेको छ ।

 

Share
श्री अर्जुन कुमार शर्मा ( गुरागाई )
उप-सचिव