; कार्यक्रम
Tuesday 17th of October 2017 09:39:36 AM
nepali-logo

२०७३।१०।०७ गते तदनुरुप (२०१७ जनवरी २०) मा उच्चस्तरीय जाँचबुँझ आयोग , २०७३ का पदाधिकारी र नेपाल स्थित संयुक्त राज्य अमेरिकाको दुतावासका मानव अधिकार तथा राजनीतिक विभाग हेर्ने Mr. Christopher Gooch बिच आयोगको कार्यालय बिजुलीबजारमा आयोगको गतिविधि बारे सौहार्दपूर्ण रुपमा छलफल भयो । सो अवसरमा आयोगका अध्यक्ष Mr Girish Chandra Lal ले आयोगले गरिरहेका काम कारवाहीका विषयमा जानकारी गराउनु भयो । आयोगले यहि मिति २०७३ साल माघको तेश्रो हप्ता पश्चात स्थलगत भ्रमण गरी पीडित एवं स्थानिय व्यक्तिहरुलाई भेटी सत्य तथ्य संकलन गर्ने कार्यतालिका रहेको जानकारी गराउनु भयो । यसै गरी उहाँले आवश्यकता अनुसार विभिन्न संघ संस्था, गृह मन्त्रालय र नेपाल सरकारका विभिन्न निकायहरुसँग रहेका जानकारी/ उजूरी/ निवेदन/ प्रतिवेदनहरु समेत माग गरी अध्ययन समेत गर्न सकिने कुराको जानकारी गराउनु भयो। सोही अवसरमा अमेरिकाको दुतावासका मानव अधिकार तथा राजनीतिक विभाग हेर्ने Mr. Christopher Gooch ले आयोगका काम कारवाहीका बारेमा जानकारी लिनुको साथै दूतावासबाट आयोगलाई के कस्तो सहयोग गर्न सकिन्छ भनी जिज्ञासा राख्नु भएको थियो । यस छलफलमा आयोगका अध्यक्ष Mr Girish Chandra Lal, सदस्यहरु Surya Prasad Koirala, Nabaraj Dhakal, Sukha Chandra Jha, Sujan Lopchan, नेपाल स्थित संयुक्त राज्य अमेरिकाको दुतावासका मानव अधिकार तथा राजनीतिक विभाग हेर्ने Mr. Christopher Gooch को सहभागिता रहेको थियो । साथै छलफल कार्यक्रममा सोही राजदूतावासमा कार्यरत मानव अधिकार अधिकृत जयराम अधिकारी उपस्थित हुनुहुन्थ्यो। छलफलको कार्यक्रममा आयोगमा कार्यरत अन्य अधिकृतहरुको उपस्थित समेत थियो ।

श्री अर्जुन कुमार शर्मा ( गुरागाई )
उप-सचिव