; कार्यक्रम
Tuesday 17th of October 2017 09:40:09 AM
nepali-logo

 

“तराई, मधेश र थरुहट लगायतका क्षेत्रमा विभिन्नराजनीतिक दलहरुले गरेको आन्दोलनको क्रममा भएकाहिंसा, हत्या,आगजनी, तोडफोड लगायतकाघटनाहरुको सत्य तथ्य छानविन सम्बन्धी उच्चस्तरीयजाँचबुझ आयोग, २०७३”

 

 

आज मिति २०७३।९।२८ गते यस आयोगका माननीय अध्यक्ष श्री गिरीश चन्द्र लाल, सदस्यहरु क्रमश: श्री सूर्य कोईराला, श्री नवराज ढकाल, श्री सुखचन्द्र झा एवं श्री सुजन लोप्चन र Terai Justice Centre का अधिवक्ता दिपेन्द्र झा, तराई मानव अधिकार रक्षक सञ्जाल (Terai Human Rights Defenders Alliance) मा कार्यरत दिपेन्द्रकुमार दास र रक्षाराम हरिजनबीच यस आयोगको कार्यालय विजुलीबजारमा सौहार्दपूर्ण रुपमा भेटघाट/अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा माननीय अध्यक्ष श्री गिरिश चन्द्र लाल र सदस्यहरुले यस उच्चस्तरीय जाँचबुझ आयोगको स्थापना भएदेखि हालसम्म आयोगबाट भएका कामकारवाहीरु र उजूरी संकलनको विवरण लगायतका विषयमा जानकारी गराउनु भयो भने भेटघाट/अन्तरक्रियामा सहभागी अधिवक्ता दिपेन्द्र झा, दिपेन्द्रकुमार दास र रक्षाराम हरिजनले २०७२ साल श्रावण महिनाको मध्येदेखि तराई, मधेश र थरुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेका आन्दोलनको क्रममा सोही सालको माघ महिनाको तेस्रो हप्तासम्म मारिएका ३७ जना मानिसहरुको घटनास्थल, मिति, समय र त्यसै अवधिमा भएकाघटना विवरण समेटिएको “नेपाल प्रदर्शन तथा दमन” नामको विशेष प्रतिवेदन, २०७३ र सो सम्बन्धी Audio, Video समेत राखिएको एक थान पेन ड्राइभ आयोगलाई हस्तान्तरण गर्नु भयो ।

श्री अर्जुन कुमार शर्मा ( गुरागाई )
उप-सचिव